• २२ भदौ २०८३, सोमबार
  • १२ः५४ राती

एसईईको नतिजा आज सार्वजनीक हुदै

प्रकाशित मिति

२०७६ असार १२ गते, बिहीबार ०७:०७

भक्तपुरः माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७५ को नतिजा आज सार्वजनीक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले आज नतिजा सार्वजनीक गर्न लागेको हो । परीक्षा नतिजा हिजो बुधबार सार्वजनीक गर्ने भनीएको भए पनि पुन परिक्षण गर्न बाँकी रहेकाले आज सार्वजनीक गर्न लागीएको जनाइएको छ । कार्यालयले नतिजा प्रकाशनकै लागी आज दिउसो १ बजे बैठक बोलाएको छ । अरु कुनै प्राविधिक कारण र वोर्डले अन्य निर्णय नगरे आज नतिजा सार्वजनीक गरीने कार्यालयले जनाएको छ ।

National Life

गत चैत्र १० गतेबाट शुरु भएको एसईई परीक्षामा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थीए । गत वर्षहरुमा जेठ मसान्तदेखि असार एक दुई गतेभित्रै नतिजा सार्वजनीक हुने गरे पनि यस पटक प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला भएको कार्यालयले जनाएको छ ।

प्रतिकृया