• ४ साउन २०८३, सोमबार
  • ३:०५ बिहान

अष्ट्रीचको मासु तथा अष्ट्रीचको वोसो बाट उत्पादित तेल पोषण तथा वैकल्पकि औषधि

प्रकाशित मिति

२०७८ कार्तिक १४ गते, आईतवार ०२:३९

डा. केदार कार्की

अष्ट्रीच मासुको प्रयोग :
आजभोली आम उपभोक्ता एव जनसमुदायमा स्वस्थ्यकार खादय सामाग्रीहरु प्रति जनचेतना भएको हुदा यस्को मासुको भाग वढ्दो छ अन्य पशुपंक्षिमा बेला बेलामा दखापर्ने विविध खाले संक्रामक सरुवा तथा संर्पकित रोगका कारण विकल्पको रुपमा यसतर्फ आर्कषित हुन पुगोका छन् हाम्रो आफ्नै परिवेशमापनि परिीथीती फरक छैन अष्ट्रीच को मासुमा वोसो न्युन १.५ प्रतिशत भन्दा कम हुन्छ अरु खाले मासु सँग तुलना गर्दा यो गाढा रातो नरम तथा सुगन्धीत शिकार गरीने मृग चित्तल को जस्ता श्वादको हुन्छ जसबाट विविधखाले मासुका परिकार बनाउन सकिन्छ ।

Kamana Sewa

यस्को मासुको सवाद थोरै समयमा पकाउदा बढेर जान्छ बरु अन्य खाले मासु जस्तो गरी धेरै समय पकाये स्वाद खल्लो तथा मासु चामरो भएर जान्छ बढी प्रयोगमा ल्याइने मासुको लागी यस प्रजातीको भागहरु तीघ्राको मासपेशि तथा पिढयुको मासुपेशि मानीन्छ ।छाती तथा मेरुदण्ड तथा घाटीकोि मासु हाडसहित हुने हुदाझोल हालेर सुप खान सकिन्छ । यसको मासु कोलेस्टेरोल मुक्त पनी हुन्छ । यदि व्यवशायीले यस्को मासुको उपयोगीता वारे आम जनमानसको घरेलु प्रयोजन तथा होेटल रेस्टुरेन्ट पार्टीप्यालेसका खानाको सुचीपत्रमा समावेश गराउन प्रचार प्रसार एव प्रर्वध गर्ने हो भने ।

Classic Tech Desktop

आजका आम उपभोकतामा स्वस्थ्य शुद्ध स्वस्च्छ खानेकुरा प्रति देखिएका जागरुकताले गर्दा अष्ट्रीचको मासुको माग बढ्ने निश्चीत देखिने संभावना छ । यसै पनि यो चराको मासुलाई एथेलेटिकस मिट मासु भनीन्छ । त्यस बाहेक यस वैकल्पकि औषधिप्रति जनमानसमा देखिएको बढ्दो अभिरुचिकाा कारण यस चराबाट उत्पादित बोसोबाट प्रसोधित तेलमा हुने ओलेयीक एसीड जस्ले जोर्नीमा हुने हुदा यस्ले यथेष्ठ व्यापारीक संभावना वोकछ ।


अष्ट्रीचको वोसो बाट उत्पादित तेल :
अष्ट्रीच को तेलमा पालमिटिग एसिड बाइस प्रतिशत पालमीटोलेइक एसीड पाच प्रतिशत स्टीइरिक एसिड आठ प्रतिशत ओलेइकएसीड त्रीचालीस प्रतिशत लीनोलेइकएस्डिबीस प्रतिशत लीनोलेनीक एसीड दुइ प्रतिशत हुने गर्दछ । अष्ट्रीच को तेल भिटामीन ए र इ तथा ओमेगा एसीड तीन ६ र नौको प्रचुरता भएको प्राकृतिक श्रोत मानीन्छ यसमा एन्टी इफलामेटेरी गुणहरु हुने गर्दछ र छालामा दल्दा भीत्रसम्म पस्न सक्ने क्षमता पनी हुन्छ ।


अष्ट्रीचको तेल निम्न प्रयोजनका लागी प्रयोग गर्न सकिन्छ :
साधारण मर्केको दुखेको साथै घाउ चाडै निर्को पार्छ प्रतिकुल मौसमी अवस्थामा आवाहुरी तथा सुर्यको तापबाट छालालाई रक्षा गर्ने हुदा छालामा लगाउने क्रिम लोशनको रुपमा प्रयोग गर्न सकिन्छ यो तेल लाइ सौन्र्दय प्रसाधन तथा स्वास्थय प्रसाधनका सामाग्री जस्तै स्याम्पु सावन वनाउन प्रयोग गर्न सकिन्छ यस्को तेलले मुटुको धडकन रगतको चाप रगत जम्ने गर्भ ठह¥याउने शरीरका कृयाकलापलाई टेवा दिन्छ ।


यस्को तेल डण्डीफोर वाथको रोग जोर्नी रंवन्धी रोग फाइव्रोमाइएलजीया सीेरोसीस खुटटाको पैताला फाटने जस्ता अवस्थाको उपचारको लागी प्रयोग गरिन्छ भने दाग खत वस्ने सोक्न तथा इकजीमा को उपचार तथा पूर्ण दुखाइ व्यवस्थापनको लागी उपयोगी मानीन्छ । त्यसकारण शुद्ध प्राकृतिक रुपमै प्रयोग गर्न सकिन्छ साथै सौन्र्दय प्रसोधन तथा औषधीजन्य उत्पादन गर्ने उद्योगमा खपत हुने गर्दछ । अष्ट्रीच को तेलले जीवाणुको शंख्या बृद्धिमा अवरोध गर्दछ । यस्को तेल लगाउदा छाला च¥याउने पोल्ने जस्तो केहि हुदैन ।

प्रतिकृया