विकासको नाउँमा असन्तुलित हुँदै पर्यावरण
प्रकाशित मिति
२०७८ कार्तिक १४ गते, आईतवार ०२:४६
डा. केदार कार्की
१४ कार्तिक, २०७८ काठमाडौँ : विश्वमा प्राकृति एउटा विशिष्ट आकृति एवं आवरण मानिन्छ जुन प्राकृतिक सुन्दरता, विभिन्नता एवं विषमतको स्वरुपमा मात्र यत्रतत्र सर्वत्र विद्यमान मानिन्छ । हामी आफ्नो चारैतिरको बहिंगम एवं विभिन्नताले भरिपूर्ण दृश्यहरुलाई प्राकृतिक सौन्दर्य भन्दछौं जुन ब्रम्ह स्वरुप हुन्छन् स्वतः व्याप्त छन् । यसमा कृतिमता सामेल हुँदैन । भूमण्डलमा फैलिएको, मैदान, पठार, मरुभूमि, चट्टान, हिमच्छादित पर्वत, नदीनाला, झिल, वनजङ्गल, समुन्द्र आदि सबै प्रकृतिको फैलिएको साम्राज्य मानिन्छ । प्रकृतिले मानवलार्य जीवनको आवश्यकता अनुसा अथाह प्राकृतिक संसाधन दिएको छ र त्यसलाई दोहन गरेर उपभोग गर्ने अधिकार पनि । यद्यपि मानिस बुद्धिजीवी मानिन्छ त्यसैले एउटा बुद्धिजीवी प्राणी हुनुका नाताले उसलाई यो अधिकार छ कि उसले प्रकृतिको असिमित भण्डारलाई दोहन एवं उपभोग गरोस् ।

यसका साथै उसको यो कर्तव्य पनि हुनेछ कि उसले दोहन गरेको संसाधनहरुको भरपाईका लागि निरन्तर प्रयास गर्दै रहाचे तर यसो भएको हुँदैन । हाम्रो आफ्नो परिवेशमा अनधिकृत वन फडानी त हुन्छ बृक्षारोपण त के होला, चुरेक्षेत्रबाट बालुवा ढुङ्गा, गेगर, अझ छेउछाउका नदीनालाबाट पनि झिकिन्छ तर त्यसको पुनर्रस्थापन गर्ने चासो पो कसलाई होस् ? मानव अधिकारको डङ्का पिट्ने विकशित देशहरुले यसकै निहुँमा सबैभन्दा बढी प्राकृतिक संसाधनहरुलाई दोहन गरेको इतिहास बुझ्न ब्रिटिस शासनकालमा संचालनमा आएको जयनगर–जनकपुर–विजुलपुरा रेलमार्ग अनि रक्सौल अमलेखगञ्ज रेलमार्ग, चुरेको बहुमूल्य शालका काठ, भारतीय रेलकोपटरी अनि स्लीपर बनाउने उदयेश थियो भन्दा अतिशयुक्ति नहोला । गाई, नदी र गाउँ हाम्रो सँस्कृतिका आधार रहेका छन् ।

हामीले जसै–जसै विकासको नाममा यिनलाई विर्सन शुरु ग¥यौं हाम्रो पर्यावरण सन्तुङ विग्रियो । प्रत्येक कुरामा नाफा देख्ने खाले पाश्चात्य संस्कृतिले नाफाको खेलमा हाम्रो सँस्कृतिमा सोझो हमला गर्न थाल्यो । त्यसले प्रत्येक कुरालाई निशाना बनायो जसद्वारा उसको नाफामा नोक्सान पनि हुन सक्थ्यो । गाई पनि त्यसको सिकार भयो । गाइको पर्यावरण सन्तुलनमा ठूलो योगदान छ । गाईलाई पूजनीय पशुहुनमा कैयौं वैज्ञानिक कारण निहिति छन् । गाईलाई देवी मान्ने मुलुक गाईलाई नै भीरबाट खसाल्ने पहिलो मुलुक बन्यो जुन पर्यावरण असन्तुलनको प्रथम आधार मान्न सकिन्छ । यसलाई यसरी बुझ्न सकिन्छ । गाइको गोबर अनि मुत्रमा असंख्यक जीवाणू हुन्छन् । गौमुत्र एवं गोवरमा आधारित खेतीमा पानीको आवश्यकता कम हुन्छ । हाम्रो आफ्नो परिवेशमा वर्षाको पानी मात्र खेतीपातीको प्रमुख आधार मानिन्छ । आज रासायनिक उर्वरकहरुको अत्याधिक प्रयोगले भू–जल सकिन थालेको छ । जमिनमुनी तीन तहमा पानी पाइन्छ ।
प्रथम र द्वितीयतहको पानी हामीले सिध्याइसकेका छौं । यसबेलामा हामी तेस्रोतहमा उपलब्ध पानी उपभोग गरिराखेका छौँ । जब हामी पहिलो तहको पानी उपलब्ध गर्दथ्यौं आजभन्दा ३० वर्ष अघि १० देखि २० फिटमा पानी पाइन्थ्यो । त्यसपछि ६० देखि ८० फिटमा पानी पाइन लाग्यो जुन तेस्रो तहमा पाइने भू–जल थियो । वर्तमानमा १०० फिटभन्दा तल गएर बोरिङ्ग, ट्युवेल जडान गरेपछि मात्र पानी पाइन्छ, त्यो तेस्रो सतहको पानीको श्रोत हो । यो भूमिगत जलको अन्तिम तह/सतह हो जुन सन् २०३० पछि समाप्त हुने सम्भावना छ । हाम्रो आफनो परिवेशमा पूर्वी पहाडी क्षेत्रहरुमा भूमिगत पानीको जलस्तर खत्तम हुने खतरनाक स्तरमा पुगेको छ । पाँचथर, ताप्लेजुङ्ग जलसंकटको जोखिमको अन्तिम बिन्दुमा छन् भन्दा हुन्छ । नेपालको परिवेशमा सिँचाईमा ५० प्रतिशत भाग नदी, नहर तथा भूमिगत पानीले पूरा हुन्छ । बाँकी ५० प्रतिशतमा वर्षाको पानी, ताल÷तलाउ अनि अन्य उपलब्ध संसाधन मानिन्छ ।
जब हरित क्रान्तिको शुरुवात भयो त्यसबेला रसायनिक उर्वरहहरु तथा कीटनाशक, भारपात नाशकहरुको प्रयोगद्वारा उत्पादन बढाउनु समयको माग थियो । केही समय पछि नै यो अनुभव हुनथाल्यो कि जुन रसायनहरुलाई हामी लाभकारी मान्दै थियौं तिनले भूमिगत जललाई अनावश्यक दोहन गरिराखेका छन् र सामान्यभन्दा १० गुणा बढी पानीको प्रयोग गराइराखेको छ । यो ठीक त्यस्तै हो जस्तो जब हामी एलोपेथ ीऔषधि सेवन गर्छौं तब प्यास बढी लाग्छ । यसका साथै यी रसायनहरुले जमिनको उर्वरा शक्तिलाई पनि नष्ट गरिराखेका छन् । जलिहेबाट कृषिको यान्त्रिकीकरण प्रारम्भ भयो त्यसबेलाबाट गोरुले खेत जोत्ने ठाउँमा ट्रेक्टरबाट खेत जोत्ने काम शुरु भयो । किसालने गोरु पाल्न छाडिदिए । गोरु कम हुनुको प्रभाव गाइहरु पालनमा परेको छ । गौवंशमा आधारित खेतीबाट ध्यान हट्नाको कारणले यी पशुको बध गर्ने घटना बढेका छन् । मांशाहार प्रवृत्ति बढ्यो, विचारहरुमा आक्रामता बढ्यो, दङ्गाफसाद बढुन थाल्यो ।
अर्थात कि सम्पूर्ण पर्यावरण चक्र दूषित भयो । जुन गाई, नदी गाउँ हाम्रो सभ्यताको आधार थिए ती लथालिङ्ग भए । यस चौपट व्यवस्थाको केन्द्रविन्दु प्रभावित हुँदैगयो । जसैजसै देशमा कर्पोरेट सँस्कृतिको विस्तार शुरु भयो त्यसै त्यसै शहरीकरण प्रारम्भ भयो । एकातिर रसायनहरुले जलस्तर तल ग¥यो भने अनियन्त्रित औद्योगिकीरणले वैश्वीक तापन गरायो । वर्षाचक्र अनियमित भयो । हामीले प्राकृतिक खेती छाड्यौं । प्रकृतिले हाम्रो साथ छाड्यो । जलश्रोतहरुको कमी हुनाका कारण गरिब किसानहरु शहरतिर रोजगारीको खोजिमा पलायन हुन थाले । ग्रामीण जनसंख्याको पलायन शहरतिर हुनथाल्यो । यसले गर्दा विस्तारै विस्तारै ग्रामीण तथा शहरी क्षेत्रहरुको सन्तुलन मक्किन थाल्यो । पछिल्लो सात दशकमा ग्रामीणहरु शहरतिर आकर्षित भए । ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रहरुमा पलायनद्वारा यो औषत अब दुईगुणा हुने स्थितिमा छ । पछिल्लो ७० सालको जनसंख्या औषतको तुलना ग¥यौं भने इ.सं. १९५१ मा शहरमा बस्ने जनसंख्या १७.३ प्रतिशत थियो ।
२०११ मा प्रतिशत ३१.१६ पुग्यो । अमेरिका तथा पश्चिमी युरोपका देशहरुमा शहरी जनसंख्या अब ग्रामीण क्षेत्रतिर आकर्षित हुँदैछन् त्यही हाम्रो परिवेषमा उल्टो भइराखेको छ । स्नोवल म्यानेजमेन्ट कन्सलटेन्सी फर्मको रिपोर्ट अनुसार २०१५ देखि २०५० को बीचको दशकमा विकसित देशहरुको १८ प्रतिशत ठूला शहरहरुमा जनसंख्या ०.५ प्रतिशतका दलरे कम हुन गइराखेको छ । पुरै विश्वमा ८ प्रतिशत शहरहरुमा प्रतिवर्ष १.१५ प्रतिशत शहरी जनसंख्या कम हुने सम्भावना तर्फ इङ्गीत गर्दछ । शहरी क्षेत्रहरु बढेको जनसंख्या एवं उद्योगहरुका कारण जनसंख्याको बोझको कारण अपर्याप्त छ । धनी गरीबको खाडल बढ्दो छ ।
सन् १९९० मा असमानताको सूचाङ्क ४५.१८ थियो जुन २०१३ आउँदआउँदै बढेर ५१.३६ भयो । सामाजिक विदुपतामा हामीले कृषि भूमिलार्य विकासको नाममा औद्योगिक विकासको माध्यम एवं उद्योगको पर्याय बनइदियौं । यसमा हामीले ठूला ठूला ट्युवेल जडान गरी पानी निकालेर जमिन खाली गर्न शुरु ग¥यौं । रसायनहरुको प्रयोग एवं विकासको नाममा हामीले भूमिगत जलको निरन्तर दोहन गर्दै रह्यौं । हामीले जति भूमिगत पानी दोहन ग¥यौं त्यति जल फिर्ता गरेनौं यसको दुष्परिणाम यो भयो कि पर्यावरण असन्तुलित हुँदै गयो । जलस्तर खस्किनाले घरेलु तथा औद्योगिक प्रतिष्ठानलाई पानी आपूर्ति निर्वाध भइरह्यो । तर जंगल र जनावरहरुलाई पानीको अभावले पर्यावरणलाई प्रभावित ग¥यो । यस समस्याको समाधानका लागि केही सानातिना कुराहरु महत्वपूर्ण मानिन्छन् । हामी रसायनहरुको प्रयोग विस्तारै कम गर्दै परम्परागत कृषितिर पाइला सारम । यसले गर्दा जल दोहन कम हुन्छ । भूमिमा पुनः श्रोतभर्नाका लागि पोखरी निर्माणलाई प्रोत्साहित गरम ।
शहर तथा ग्रामीण इलाकामा भएका पारस्परिक ताल तलाउ, कुवा जुन अतिक्रमणमा परेका छन् तिनलार्य खाली गराएर त्यसमा वर्षाको पानी संचय गर्न सुनिश्तिन गरौं । कार्य कठीन छ । वर्षाको पानी पोखरीमा सन्चित गरेर कृषिकार्यमा मात्र प्रयोग नगरी बरु यसलाई भूमिमा भण्डारण गर्न सुनिश्चित गरौं । धेरैभन्दा धेरै बृक्षारोपण गरौं । तुलसी, पिपल, नीम जस्ता विरुवा धेरै भन्दा धेरै रोपौं, त्यो सामुदायिक वन उपभोक्ता समितिको कार्यक्रममा विशिष्ट व्यक्तिले शोल्टी होटलमा रोपेको जस्तो नहोस् । यी विरुवाहरु अन्य रुखहरु भन्दा बढी औधधिजन्य गुण भएका हुन्छन् र पर्यावरणमा अक्सिजनको मात्रा नियन्त्रित गर्दछन् । जसरी मानिसहरु कर्तव्यपरायण हुन्छन् त्यसैगरी हामी पनि आफूलाई पर्यावरणप्रेमी बनाऔं । विचार केन्द्रित गरौं । जसै जसै हामी उपत्तिको श्रोतलाई स्वीकृति एवं सम्मान दिन्छौं ।
भावनाहरु एवं ब्रम्हाण्डका शक्तिहरुले प्राकृतिक सम्पदाहरुबाट हामीलाई परिपूर्ण गर्न थाल्दछ । यो एउटा प्राकृतिक चक्र मानिन्छ जुन नियन्त्रित भए सर्वत्र सुखानम तर एकपटक यो अनियन्त्रित भएमा यसको भयावह परिणामको कल्पनासम्म के गर्न सकिएला पो ? किनकी प्रकृतिले आफूसँग भएको क्रुरताको बदला क्रुरतम तरिकाले लिन्छ नै उदाहरण खोज्न अन्त जानै पर्दैैन, वर्षायाममा मनोहरा, बागमती, धोवीखोला, टुकुचा, विष्णुमती त्यसै आलिसान महल अनि एपार्टमेन्ट पसेका हैनन् । कक्रिटको जङ्गलमा विचरण गर्दागर्दा हामीजस्ता कति मानिसको भावना पनि त्यही कङ्क्रिट जस्तो नभएको भए आधिकारिक सरकारी अधिकारीको त के कुरा राजनैतिक नेतृत्व तहबाट यस्ता कुरा किन आउँथ्यो होला । सरकारले डेंगु नियन्त्रण गर्न सक्दैन । नागरिक आफैंले गरुन तर आज पनि समाजमा केही यस्ता मानिस पनि होलान् जसको सत्कर्मले प्राकृतिक सन्तुङ रहला कि ?
मानिस स्वभावले सौन्दर्यतिर आकर्षित हुने गर्दछ । प्रत्येक नैसर्गिक सौन्दर्य निर्माणमा केही समय लाग्दछ । जुन सुन्दरतालाई अहिले हामी देखीराखेका छौं । यसको निर्माणमा पनि वर्षौ समय लाग्यो होला जसलाई हामी नष्ट गर्दै छौं । त्यसको शोधभर्ना हुन वर्षौ पछि सम्भव होला यदि हामी आजैबाट प्रकृतिपरायण बन्यौं भने तब मात्र आउँदो पुस्तालाई मन लोभ्याउने नैसर्गिक सुन्दरताको अस्तित्व रहने छ । जे हामी पाउन चाहन्छौं त्यसको बीऊ छर्न आजबाटै शुरु गर्नुपर्ने हुन्छ । आज हामी जुन रुखको फल खाइरखेका छौं त्यो हामीले रोपेको हो र ? यी रुखहरु हाम्रा पुर्खाले रोपेर उनीहरुद्वारा नै स्याहरसुसार पाए । हामीले त पुर्खाले गरेको प्रयासलाई प्रसादका रुपमा पाइराखेका छौं । अब हाम्रो यो कर्तव्य हुन आउँछ कि आउँदो पुस्ताका लागि वन, वनस्पति, एवं जडिबुटी लगाउनु पर्ने हुन्छ यिबाट जडिबुटीहरु नै रोग निवारणका स्तम्भ मानिन्छन् । प्राकृतिक संसाधनहरुलाई पनि नवश्रृजनको आवश्यकता पर्दछ दोहनद्वारा विस्तारै ठूलो भण्डार पनि सकिएर जान्छ । हाम्रो पुर्खाहरुसँग संसाधनहरुको संरक्षणको लागि बिऊ मन्त्र थियो रे आज त्यो मन्त्रलाई सम्झनु पर्ने आवश्यकता छ ।
धन तथा संसाधानहरु जुन हामी आर्जन गर्छौं त्यो स्वपार्जित हुन्छ । पूर्वजहरुद्वारा पूर्व संचित धन संसाधनहरु पनि हामीलाई उत्तराधिकारीका रुपमा प्राप्त भएको हुन्छ । प्राकृतिक संसाधनहरुका मामलामा आज हामी स्वपार्जितबाट विमुख भएका छौं । हामी संसाधनहरुको उत्तराधिकारमा अधिकताले पाइराखेका छौं तर हामी यिनको मूल्य बुझ्न सकेका छैनौं त्यसैले त आफ्नो कर्तव्यबाट विमुख छौं तथा संसाधनहरुलाई वर्बाद गरिराखेका छौं । यदि हामीले रुख काट्दै रह्यौं, वन विनास गर्दै रह्यौं तर नयाँ बोट विरुवाको बृक्षारोपण गरेनौं भने एउटा यस्तो रिक्तता आउने छ जसको भर्पाइ धेरै मुस्किल हुनेछ । यसैले यो जरुरी छ कि हामीले संसाधनहरुको बेलाबेलामा मूल्याङ्कन तथा अंकेक्षण गरिराख्नु पर्छ ।




प्रतिकृया