• २१ जेठ २०८३, बिहीबार
  • ४:५५ बिहान

पेट्रोलियम ढुवानीमा अवरोध नपुर्‍याउन आग्रह

प्रकाशित मिति

२०७८ भाद्र ९ गते, बुधबार ०१:४३

९ भाद्र, २०७८ काठमाडौँ : पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध नगर्न नेपाल आयल निगमले व्यवसायीहरुलाई आग्रह गरेको छ । ढुवानी भाडा समायोजनको माग राख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विभिन्न प्रदेशहरुमा पीडीओ (प्रडक्ट डेलिभरी अर्डर) नलिने घोषणा गरेपछि निगमले यस्तो आग्रह गरेको हो ।


मंगलबार निगमको तीन प्रादेशिक कार्यालयलहरुले विज्ञप्ति जारी गरेर इन्धनको ढुवानी नरोक्न आग्रह गरेका हुन् । निगम अन्तर्गतको प्रदेश एक, बागमती र लुम्बिनी प्रदेश अन्तर्गतको डिपोबाट व्यवसायीले पीडीओ नलिने १५ दिने अल्टिमेटम निगमका कार्यालयलाई जानकारी गराएका थिए ।

Kamana Sewa

व्यवसायीको मागका बारेमा निगमको केन्द्रीय कार्यालयसाग वार्ता र छलफल हुने भन्दै प्रादेशिक कार्यालयहरुले अत्यवश्यक सेवा अवरुद्ध नर्गन व्यवसायीलाई आग्रह गरेका हुन् । कानुनतः अत्यावश्यक सेवा अवरुद्ध गर्न नमिल्ने भन्दै कार्यालयहरुले पीडीओ लिएर पेट्रोलियम ढुवानी सुचारु राख्न अन्याथा कानुनअनुसार हुने जनाएका छन् ।

Classic Tech Desktop

प्रतिकृया