सरकारले आफ्ना कार्यकर्ता पाल्न र विदेशमा गएर पैसा सकाउने विनियोजन गरिरहेको छ:सांसद रंगमती शाही
प्रकाशित मिति
२०७६ जेष्ठ २८ गते, मंगलवार ०३:४७
नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले युवा तथा खेलकुद मन्त्रालयले युवा तथा खेलाडीका लागि नयाँ कार्यक्रम नल्याएको बताएकी छन्।विदेशबाट फर्किएका युवाहरूलाई आयआर्जनका लागि ऋण दिने भन्ने कुरा पनि बजेटमा देखिएन।’ सांसद शाहीले खेलकुदका क्षेत्रमा विगत लामो समयदेखि लगानी भए पनि नतिजा भने शून्य रहेको बताइन्।
संघीय संसद प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद शाहीले युवा तथा खेलकुद मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गर्दै शाहीले मन्त्रालयको बजेटमा फजुल खर्च गर्ने कार्यक्रम मात्रै रहेको बताइन्।

सातवटै प्रदेशमा एकेडेमी हुनुपर्नेमा बजेटमा व्यवस्था नभएको, खेलाडीको जिम्मा सरकारले लिनुपर्नेमा त्यो पनि नभएको सांसद शाहीको भनाइ थियो। यो बजेटले नयाँ खेलाडी र प्रशिक्षक तथा खेल पूर्वाधार उत्पादनमा केही पनि योगदान नगर्ने उनको भनाइ थियो।

‘यो मन्त्रालयको विनियोजन बजेटमा कतै पनि खेलकुद र युवाहरूका लागि केही सोचिएन। आफ्ना कार्यकर्ता पाल्न र विदेशमा गएर पैसा सकाउने विनियोजन गरिएको छ’, उनले प्रश्न गरिन्, ‘युवालाई बेरोजगार भत्ता यो बजेटमा देखिएन। गत वर्ष यहीँ सरकारले ल्याएको हो। के यो १ वर्षमा सबै युवाहरू रोजगार भइसकेका हुन् त?




प्रतिकृया