• १२ असोज २०८३, सोमबार
  • ३ः३९ दिउँसो

भगवान शनिको शनिबार यसरी पूजा गरे पक्का मिल्छ पुण्य

प्रकाशित मिति

२०७८ जेष्ठ १ गते, शनिबार ०६:२८

काठमाडौँ : शनिबार भगवान् शनिदेवको पूजा आराधना गरी ग्रह दशा हटाउने दिन पनि हो । दशा हटाउनको लागि मानिसहरु एकाबिहानै नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिर जाने गर्छन् ।

National Life

धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिनको रुपमा मान्ने गरिएको छ । त्यसैले पनि यसदिन पूजापाठ बढी गरीन्छ । बिहान सबेरै उठेर पिपलको बोटमा पानी चढाउनेहरु पनि उत्तिकै हुन्छन् । ब्रमाण्डका नौ ग्रहहरूमा, शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले उनको पूजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्छ ।

– शनिबार पारेर फलामका सामग्री शनिदेवको मन्दिरमा चढाउनुपर्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

– हरेक शनिबार शनिको पूजा गर्नुहोस् ।

– पिपलको बोटमा पनि विशेष पूजा गर्नुहोस् ।

– खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ ।

– शनिबार कालो तिल दान गर्नुहोस्।

– ज्योतिष शास्त्रका अनुसार छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

– हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्।

– हर शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप बाल्नुहोस् ।

– नुवाईधुवाई गरी हनुमान चालीसाको पाठ गर्नुहोस् ।

प्रतिकृया