• ११ असोज २०८३, आइतबार
  • ८ः१२ बिहान

प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटीको संघर्षपूर्ण जित

प्रकाशित मिति

२०७८ जेष्ठ १ गते, शनिबार ०६:३३

तस्वीर गेट्टी इमेज

National Life

काठमाडौँ : यो वर्षको प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले जारी लिगमा संघर्षपूर्ण जित निकालेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा सिटीले पुनरागमन जित निकालेको हो ।

न्यूक्यासल युनाइटेडले दुई पटक पछि पारेको अवस्था उल्ट्याउँदै सिटीले ४–३ को जित हात पार्‍यो ।घरेलु टोली न्यूक्यासलका लागि एमिल क्राफ्थ, जोलिन्टन र विलकले गोल गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

सिटीका लागि क्यानसेलोले एक गोल गर्दा फेरान टोरेसले ह्याट्रिक गरे । जितपछि उपाधि पक्का गरिसकेको म्यानचेस्टर सिटीको ३६ खेलबाट ८३ अंक भएको छ । न्यूक्यासल ३६ खेलबाट ३९ अंकसहित १६औँ स्थानमा छ ।

प्रतिकृया