• ११ असोज २०८३, आइतबार
  • १ः१९ दिउँसो

बराबरीमा रोकियो पीएसजी

प्रकाशित मिति

२०७८ बैशाख २७ गते, सोमबार १०:५८

काठमाडौँ:  फ्रेन्च लिग वान फुटबलको उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन पीएसजी बराबरीमा रोकिएको छ ।आइतबार राति भएको खेलमा पीएसजी रेनससँग १(१ गोलको बराबरीमा रोकिँदै अंक बाड्न बाध्य भएको हो ।

National Life

 

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा  पीएसजी अंक बाढ्न बाध्य भयो । पहिलो हाफको इन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

७०औँ मिनेटमा सेह्रोउ गुइरास्सीले गोल गर्दै रेनसलाई १-१ गोलको बराबरीमा फर्काए ।बराबरीसँगै दोस्रो स्थानको पीएसजीको ३६ खेलमा ७६ अंक भएको छ । पीएसजी शीर्ष स्थानको लिल भन्दा ३ अंकले पछि छ । रेनस ५५ अंकसहित सातौँ स्थानमा छ ।

प्रतिकृया