माधव समूहका सांसद छलफलमा,सहभागीहरु को-को छन् ?
प्रकाशित मिति
२०७८ बैशाख २७ गते, सोमबार ११:०४
काठमाडौँ : नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुको छलफल सिंहदरबारमा सुरु भएको छ । पार्टी एकता जोगाउनका लागि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अल्टिमेटमको समय सकिएपछि आफू पक्षीय स्थायी कमिटि सदस्यबिचको छलफलपछि माधव समूहका सांसदहरुको बैठक बसेको हो ।
बैठकमा नेपाल पक्षका प्रत्यक्ष र समानुपातिक गरि २१ सांसद सहभागी रहेका छन्। बैठकमा माधव कुमार नेपाल, भीम रावल, योगेश भट्टराई, यज्ञ बहादुर सुनुवार, सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, झपट रावल, गणेश पहाडी, कृष्णलाल महर्जनसहितका सांसद सहभागी छन्।
यस्तै बिरोध खतिवडा, गोकर्ण राज बिष्ट, नारायणप्रसाद खतिवडा, जयकुमार राई, प्रवित्रा निरौला खरेल, राजबहादुर बुढा, निरा देवी जैरु, कल्याणी कुमारी खड्का, कलिला खातुन पनि बैठकमा छन्।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिबाट आह्वान भएको संसदको विशेष अधिवेशनको बैठक दिउँसो १ बजे बस्दैछ।आफ्ना माग पूरा नभए राजीनामा दिने चेतावनी दिएका नेपाल पक्षीय सांसदहरु छलफलमा जुटेका हुन्।








प्रतिकृया