यस्तो छ आजको मौसम
प्रकाशित मिति
२०८३ श्रावण २७ गते, बुधबार ०८:२३
२७ साउन २०८३ काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ।
हाल हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ भने कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका विभिन्न स्थानमा समेत मेघगर्जनसहित मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकीलगायत प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नसक्ने भन्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।




प्रतिकृया