• १५ असोज २०८३, बिहीबार
  • ९ः४७ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ श्रावण २२ गते, शुक्रबार ०९:०९

२२ साउन २०८३ काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ।

National Life

हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहेको छ। मधेश प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको विभागले जनाएको छ। बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। साथै, तराईका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया