३३ जना सशस्त्र प्रहरीका एसपीहरूको सरुवा(सूचीसहित)
प्रकाशित मिति
२०८३ श्रावण २१ गते, बिहीबार ०५:२६
२१ साउन २०८३ काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ) ले सशस्त्र प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै सरुवाको निर्णय सार्वजनिक गरेको हो।
प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ तथा नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम सरुवा गरिएको हो।

सरुवा सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका एसपीहरूमा लागू हुने जनाइएको छ। उनीहरूलाई नियमानुसार तलब, भत्ता र रासन सुविधा पाउने गरी विभिन्न कार्यालयमा काज तथा सरुवा गरिएको छ।

प्रधान कार्यालयका अनुसार यो सरुवा २०८३ भदौ १ गतेदेखि लागू हुनेछ। सरुवासम्बन्धी विवरण अभिलेख किताबमा अद्यावधिक गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (प्रहरी शाखा), लैनचौरलाई पत्राचार गरिएको छ। साथै सम्बन्धित कार्यालयहरूलाई पनि आवश्यक अभिलेख अद्यावधिक गर्न बोधार्थमार्फत जानकारी गराइएको सशस्त्र प्रहरीले जनाएको छ।












प्रतिकृया