• १६ असोज २०८३, शुक्रबार
  • ११ः३५ बिहान

ग्यास अभावबारे सिधै मन्त्रीको सचिवालयमा उजुरी गर्न आग्रह, कालोबजारी भए ९८५१११६७७३ मा सम्पर्क गर्न अपिल

प्रकाशित मिति

२०८३ श्रावण २१ गते, बिहीबार ०१:३९

२१ साउन २०८३ काठमाडौं – देशभर खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि सरकारले गुनासो सुनुवाइ र बजार अनुगमनलाई तीव्र बनाएको छ। ग्यास नपाएर उपभोक्ता घण्टौं लाइनमा बस्न बाध्य भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव र कालोबजारीविरुद्ध सिधै उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको हो।

National Life

उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले सूचना जारी गर्दै बजारमा ग्यासको कृत्रिम अभाव, कालोबजारी वा आपूर्तिसम्बन्धी समस्या देखिए मोबाइल नम्बर ९८५१११६७७३ मा सम्पर्क गरी जानकारी गराउन अपिल गरेको छ।

मन्त्रालयका अनुसार उपभोक्ताबाट प्राप्त हुने गुनासोलाई गम्भीरतापूर्वक लिइनेछ। प्राप्त सूचनाका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि तत्काल आवश्यक पहल गरिने जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

पछिल्ला करिब २० दिनदेखि ग्यास आपूर्ति असहज हुँदा देशका विभिन्न स्थानमा उपभोक्ता ग्यास डिपोमा लामो लाइन बस्न बाध्य छन्। धेरैजसोले रित्तो सिलिन्डर लिएर फर्किनुपर्ने अवस्था रहेको गुनासो बढिरहेको छ।

यही अवस्थाको फाइदा उठाउँदै केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरी बढी मूल्य असुल्ने गरेको गुनासो बढेपछि मन्त्रालयले उपभोक्तासँग प्रत्यक्ष सूचना संकलन गर्ने व्यवस्था गरेको हो।

प्रतिकृया