• २१ साउन २०८३, बिहीबार
  • ६:२५ बेलुका

निर्मला पन्त प्रकरण फेरि सदनमा, गृहमन्त्रीले भने:अब यो विषय नउठाइदिनुस्

प्रकाशित मिति

२०८३ श्रावण २१ गते, बिहीबार ०२:३५

२१ साउन २०८३ काठमाडौं – राष्ट्रिय सभाको बिहीबारको प्रश्नोत्तर कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे उठेको प्रश्नको जवाफ दिने क्रममा प्रश्नकर्ता सांसदलाई नै प्रतिप्रश्न गरेका छन्।

नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तको हत्याकाण्डमा लामो समय बितिसक्दा पनि दोषी पत्ता लगाएर न्याय दिन नसक्नुको कारणबारे सरकारसँग प्रश्न गरेका थिए। उनले यो राज्य संयन्त्रको असक्षमता हो वा सरकारले कारबाही गर्न नचाहेको हो भन्दै सरकारको जवाफ मागेका थिए।

Kamana Sewa

जवाफमा गृहमन्त्री गुरुङले देशमा हुने हत्या, हिंसा र बलात्कारजस्ता गम्भीर अपराधको अनुसन्धान चरणबद्ध रूपमा भइरहेको बताए। त्यसपछि उनले प्रश्नकर्ता सांसदतर्फ फर्किंदै, “तपाईंहरू सरकारमा हुँदा यो काम किन गर्नुभएन?” भन्दै प्रतिप्रश्न गरे।

Classic Tech Desktop

उनले संवेदनशील विषयलाई बारम्बार सदनमा उठाएर पीडित परिवारको घाउ कोट्याउने काम गर्न नहुने पनि बताए। “यस्तो विषयमा सूक्ष्म अनुसन्धान गरेर नतिजा दिनुपर्छ,” भन्दै उनले अनुसन्धान जारी रहेको जानकारी दिए।

गृहमन्त्री गुरुङले अनुसन्धानको संवेदनशीलताका कारण थप विवरण सार्वजनिक गर्न नमिल्ने उल्लेख गर्दै वर्तमान सरकारले पनि निर्मला पन्त प्रकरणको अनुसन्धान निरन्तर अघि बढाइरहेको बताए।

उनले अन्त्यमा सांसदहरूलाई निर्मला पन्त प्रकरणलाई प्रतिनिधिसभा र राष्ट्रिय सभामा बारम्बार नउठाउन आग्रह गर्दै अनुसन्धानलाई प्रभावित नपार्न सहयोग गर्न अनुरोध गरे।

प्रतिकृया