• २१ साउन २०८३, बिहीबार
  • ६:२६ बेलुका

निर्मला पन्त प्रकरणमा दिएको अभिव्यक्तिपछि गृहमन्त्री गुरुङले मागे माफी

प्रकाशित मिति

२०८३ श्रावण २१ गते, बिहीबार ०३:२९

२१ साउन २०८३ काठमाडौं – निर्मला पन्त हत्याकाण्डबारे राष्ट्रिय सभामा दिएको अभिव्यक्तिलाई लिएर आलोचना भएपछि गृहमन्त्री सुधन गुरुङले आफ्नो बोलीप्रति क्षमायाचना गरेका छन्। राष्ट्रिय सभा बैठकमा सांसदहरूलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आफ्नो भाषा केही ठाडो हुन पुगेको स्वीकार गर्दै माफी मागेका हुन्।

‘हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ, सिक्दै जानेछौं। मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो। यसका लागि म क्षमाप्रार्थी पनि छु, हजुरहरूलाई माफी पनि माग्न चाहन्छु,’ उनले भने।

Kamana Sewa

यसअघि प्रश्नोत्तर कार्यक्रममा निर्मला पन्त हत्याकाण्डबारे उठेको प्रश्नको जवाफ दिने क्रममा उनले सांसदहरूलाई उक्त विषय बारम्बार नउठाउन आग्रह गरेका थिए। त्यस अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि उनले सदनमै आफ्नो भनाइप्रति खेद व्यक्त गरेका हुन्।

Classic Tech Desktop

गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनसम्बन्धी छलफल चलिरहेका बेला निर्मला पन्त प्रकरण जोडिएको भन्दै आफू आश्चर्यचकित भएको पनि बताए। ‘विपद् व्यवस्थापन र निर्मला पन्त हत्याकाण्डबीच के सम्बन्ध छ? विषयकेन्द्रित भएर छलफल हुनुपर्छ,’ उनले भने। उनले संवेदनशील विषयमा आफ्नो प्रस्तुति अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै आगामी दिनमा थप संयमित रहने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिकृया