• १६ असोज २०८३, शुक्रबार
  • १०ः३६ बिहान

राष्ट्रियसभा बैठक आज बस्दै, तीनवटा विधेयक कार्यसूचीमा

प्रकाशित मिति

२०८३ श्रावण २७ गते, बुधबार ०८:३१

२७ साउन २०८३ काठमाडौं – सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्नेछ।

National Life

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ।

यस्तै, राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रतिकृया