• २७ साउन २०८३, बुधबार
  • ९:४९ बिहान

मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने

प्रकाशित मिति

२०८३ श्रावण २७ गते, बुधबार ०८:५६

२७ साउन २०८३ धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि राजीनामा दिने भएका छन्। प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि उनले राजीनामा दिन लागेका हुन्।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमका अनुसार शाहले भोलि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्। गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिने समयसीमा पनि भोलि पूरा हुँदैछ।

Kamana Sewa

विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि शाहले विश्वासको मत लिनुभन्दा राजीनामा दिने निष्कर्षमा पुगेका हुन्।

Classic Tech Desktop

यसैबीच, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्दैछ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। मुख्यमन्त्री शाहले राजीनामा दिएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। नयाँ सरकार गठनका लागि नेकपा र नेकपाएमालेबीच सहमति भइसकेको जनाइएको छ। सहमतिअनुसार नेकपाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी छ।

प्रतिकृया