• २ असोज २०८३, शुक्रबार
  • ६ः४९ बेलुका

देश चलाउन नसक्ने भए मार्ग प्रशस्त गर्नुस्: प्रधानमन्त्रीलाई सांसद आरेन राईको आग्रह

प्रकाशित मिति

२०८३ श्रावण १४ गते, बिहीबार १२:१२

१४ साउन २०८३ काठमाडौं – श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाह मुलुकको वर्तमान परिस्थितिप्रति गम्भीर नदेखिएको आरोप लगाउँदै देश चलाउन नसक्ने अवस्था भए जिम्मेवारीबाट पछि हट्न आग्रह गरेका छन्।

National Life

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले सरकार जनतासँग संवाद, सूचना संकलन र शान्ति–सुरक्षा कायम गर्न सक्रिय हुनुपर्नेमा बेखबर बनेर बसेको टिप्पणी गरे। उनले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको भन्दै देश र जनतालाई ‘टुहुरो’ बनाउने शैली स्वीकार्य नहुने बताए।

सांसद राईले प्रधानमन्त्रीले देश चलाउन नसक्ने भए स्पष्ट रूपमा स्वीकार गरेर मार्ग प्रशस्त गर्नुपर्ने धारणा राख्दै सरकारलाई जिम्मेवारीबाट नभाग्न चेतावनी दिए। उनले या त प्रभावकारी रूपमा काम गर्न, नभए नयाँ नेतृत्वका लागि बाटो खुला गर्न आग्रह गरे।

Classic Tech Mobile
Classic Tech Desktop

सुनसरी घटनापछि सर्वदलीय बैठक आयोजना गरेको भन्दै उनले रास्वपा सभापति रवि लामिछानेको प्रशंसा पनि गरे। सामाजिक सद्भाव र शान्ति कायम गर्न सबै राजनीतिक दलको भूमिका आवश्यक रहेको तथा यसको नेतृत्व सरकारले लिनुपर्ने उनको भनाइ थियो।

प्रतिकृया