• २६ असार २०८३, शुक्रबार
  • ११:४८ बेलुका

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : एमाले

प्रकाशित मिति

२०८३ असार २६ गते, शुक्रबार ०२:१३

२६ असार २०८३ काठमाडौं – नेकपा एमालेले आत्मदाह प्रयासपछि ज्यान गुमाएका गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। शुक्रबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट विशेष समय लिएर बोल्दै एमाले सांसद भूमिका लिम्बु सुब्बाले गणेश नेपालीको मृत्यु सामान्य घटना नभई राज्यको जवाफदेहितासँग जोडिएको विषय भएको बताइन्।

‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ। गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ सांसद सुब्बाले प्रतिनिधि सभामा भनिन्। उनले सरकारले लागू गरेको ट्राफिक जरिवानाको व्यवस्था उचित छ वा छैन भन्ने विषय गणेश नेपालीको घटनाबाट समीक्षा गर्नुपर्ने धारणा राखिन्। ट्राफिक जरिवाना निर्धारण गर्दा त्यसले नागरिकमा पार्ने प्रभावबारे पनि गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ थियो।

Kamana Sewa

सांसद सुब्बाले गणेश नेपालीको मृत्युका कारण र घटनाको समग्र पक्षबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्दै भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिने गरी आवश्यक कदम चाल्न आग्रह गरिन्।

Classic Tech Desktop

प्रतिकृया