• २६ असार २०८३, शुक्रबार
  • ११:४६ बेलुका

गणेश नेपालीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइँदै

प्रकाशित मिति

२०८३ असार २६ गते, शुक्रबार ०२:१७

२६ असार २०८३ काठमाडौं – आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाउने तयारी गरिएको छ। वीर अस्पतालका सूचना अधिकारी डा. प्रकाश बुढाथोकीका अनुसार पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागसँग समन्वय भइरहेको छ।

‘पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालसँग समन्वय गर्ने काम भइरहेको छ। फोरेन्सिक विभागसँग समन्वय गरेर शव पठाउँदैछौं,’ डा. बुढाथोकीले जानकारी दिए। गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा सघन उपचारका क्रममा शुक्रबार निधन भएको थियो।

Kamana Sewa

अस्पतालका अनुसार उनका आफन्तले हालसम्म शव बुझिसकेका छैनन्। उता, गणेश नेपालीको निधनपछि काठमाडौंको माइतीघर, भद्रकाली र वीर अस्पताल अगाडि प्रदर्शनसमेत भइरहेको छ। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्यायको माग गरेका छन्।

Classic Tech Desktop

प्रतिकृया