• २४ असार २०८३, बुधबार
  • ११:३६ बेलुका

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

प्रकाशित मिति

२०८३ असार २४ गते, बुधबार ११:२६

२४ असार २०८३ काठमाडौं – नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज २० अर्ब रुपैयाँ बराबरको एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’’ जारी गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार ऋणपत्र अनलाइन बोलकबोल प्रणालीमार्फत जारी गरिनेछ। यसको साँवा २०८४ असार २४ गते भुक्तानी गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा वितरण हुनेछ।

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। सहभागीले ब्याजदरका आधारमा बोलकबोल गर्नुपर्नेछ र बहुब्याजदरमा पनि आवेदन दिन सक्नेछन्। अन्तिम ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ।

Kamana Sewa

आज दिउँसो ३ बजे हुने अनलाइन बोलकबोलपछि प्रस्तावित ब्याजदरलाई सानोदेखि ठूलो क्रमअनुसार मूल्यांकन गरी तोकिएको रकमसम्म कायम हुने बिन्दुको ब्याजदरलाई एकल ब्याजदरका रूपमा निर्धारण गरिनेछ। सोही दर वा त्यसभन्दा कम ब्याजदरमा आवेदन दिने सहभागीलाई ऋणपत्र बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया