• १० असार २०८३, बुधबार
  • १२:१६ बेलुका

रास्वपा महाधिवेशनमा आज मतदान, ८० ईभीएमबाट मत खसालिने

प्रकाशित मिति

२०८३ असार १० गते, बुधबार १०:२७

१० असार २०८३ चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत ९९ केन्द्रीय सदस्य पदका लागि करिब ४ सय जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार उम्मेदवारहरूको अन्तिम संख्या यकिन गर्ने काम भइरहेको छ।

उनले बिहान ९ बजेदेखि मतदान सुरु गर्ने तयारी रहे पनि उम्मेदवारहरूको प्रारम्भिक सूची साढे १० बजेतिर सार्वजनिक गरिने बताए। रास्वपाले ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) मार्फत मतदान गराउने व्यवस्था मिलाएको छ। मतदान सम्पन्न भएको एक घण्टाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको आयोगले जनाएको छ।

Kamana Sewa

यसअघि सभापति पदमा एक मात्र उम्मेदवारी परेपछि रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। केन्द्रीय सदस्यहरूको चयनपछि पदाधिकारी पदका लागि निर्वाचन हुनेछ।

Classic Tech Desktop

प्राविधिक कारणले प्रतिनिधि छनोटमा ढिलाइ हुँदा लम्बिएको महाधिवेशनमा करिब ४ हजार प्रतिनिधि सहभागी छन्। रास्वपाको विधानअनुसार १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना निर्वाचनबाट चयन हुनेछन् भने ५१ जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ।

प्रतिकृया