• १७ असोज २०८३, शनिबार
  • ५ः३५ बेलुका

सोमबार देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको चेतावनी

प्रकाशित मिति

२०८३ श्रावण २५ गते, सोमबार ०९:०७

२५ साउन २०८३ काठमाडौं – देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

National Life

हाल कोशी र लुम्बिनी प्रदेशका सबै भू-भागमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ। मधेस प्रदेशसहित बागमती, गण्डकी र सुदूरपश्चिमका तराई भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

महाशाखाका अनुसार सोमबार देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी र तराई भू-भागका धेरै स्थानमा पनि मध्यमसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै कर्णालीको पहाडी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

प्रतिकृया