• २४ साउन २०८३, आइतबार
  • ८:०० बेलुका

सिंहदरबारको नाम फेर्न सांसद हरि ढकालको प्रस्ताव

प्रकाशित मिति

२०८३ श्रावण २४ गते, आईतवार ०६:५१

२४ साउन २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। ललितपुरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै सांसद ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान तथा विमानस्थलहरूको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम भने यथावत् रहेको भन्दै प्रश्न उठाए।

नेपालमा सिंह नपाइने उल्लेख गर्दै उनले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि समेत प्रश्न गरेका छन्। उनले सिंहदरबारको नाम ‘अनामनगर दरबार’ राख्न सकिने धारणा व्यक्त गरे। ढकालले नाम परिवर्तनसँगै सिंहदरबारको कार्यशैली, भाषा, हाउभाउ र प्रशासनिक प्रवृत्तिमा समेत परिवर्तन आवश्यक रहेको बताए। प्रशासनिक केन्द्रबाटै पुरानो सोच र परम्परागत भाष्य अन्त्य गर्नुपर्ने उनको भनाइ छ।

Kamana Sewa

उनले सिंहदरबारलाई परिवर्तनको ‘मुहान’का रूपमा हेर्नुपर्ने र त्यहीँबाट प्रशासनिक कार्यशैलीमा सुधार सुरु गर्नुपर्नेमा जोड दिए।ढकालले भने, ‘हामीसँग सिंह छैन, तर त्यसको नाम सिंहदरबार नै छ। त्यसको केही हाउभाउ, भावभङ्गी र भाषा पनि पुरानै शैलीको छ। त्यो चिर्नुपर्नेछ।’

Classic Tech Desktop

उनको भनाइअनुसार सिंहदरबारको नाम परिवर्तनको विषय प्रतीकात्मक मात्र नभई राज्य सञ्चालनको शैली र प्रशासनिक संस्कारमा परिवर्तन ल्याउने बहससँग जोडिएको छ।

प्रतिकृया