• १५ असोज २०८३, बिहीबार
  • ५ः४३ बिहान

गृहमन्त्रीको अमलेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

प्रकाशित मिति

२०८३ असार १० गते, बुधबार ०९:२८

१० असार २०८३ चितवन – चितवनको भरतपुर–१० स्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई जिल्ला प्रशासन कार्यालय चितवनले ३ लाख रुपैयाँ जरिवाना गरेको छ।

National Life

गृहमन्त्री सुधन गुरुङले मगाएको अमलेटमा माछाको काँडा भेटिएको घटनापछि गरिएको अनुगमनमा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, ताजा खाद्य सामग्रीमा लापरबाही गरेको तथा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने खाद्य वस्तु बिक्री गरेको पाइएपछि कारबाही गरिएको हो।

प्रशासनले अखाद्य सामग्री नष्ट गर्न निर्देशन दिँदै व्यवसायीहरूलाई उपभोक्ताको स्वास्थ्यमा खेलबाड नगर्न चेतावनीसमेत दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया