• ६ असार २०८३, शनिबार
  • १२:३२ बेलुका

आजको मौसम: कोशीमा वर्षा, तराईमा तातो लहरको सम्भावना

प्रकाशित मिति

२०८३ असार ६ गते, शनिबार १०:०७

५ असार २०८३ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल कोशी प्रदेशका केही भू-भागमा मनसुनी प्रभाव रहेको तथा देशका अन्य भू-भागमा स्थानीय र पूर्वीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार हाल कोशी प्रदेश तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रसहित देशका अधिकांश हिमाली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

Kamana Sewa

त्यसैगरी, कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश प्रदेशका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर तथा बागमती र गण्डकीका केही तराई क्षेत्रमा तातो दिनको अवस्था कायम रहने सम्भावना छ।

Classic Tech Desktop

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ। कोशी प्रदेशको तराई क्षेत्रमा समेत बदली भई वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ।

विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भू-भाग तथा कोशी प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साथै, चट्याङ, बाढी–पहिरो तथा डुबानजन्य जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।

प्रतिकृया