सरकारको ४५ संस्थानमा सेयर लगानी, २० मा पूर्ण स्वामित्व : आर्थिक प्रतिवेदन
प्रकाशित मिति
२०८३ जेष्ठ १३ गते, बुधबार ०३:१४
१३ जेठ २०८३ काठमाडौं – नेपाल सरकारले विभिन्न सार्वजनिक संस्थानमा गरेको सेयर लगानी ४५ वटा संस्थानमा पुगेको छ । आर्थिक वर्ष २०८१/८२ सम्म ४५ सार्वजनिक संस्थानमध्ये नेपाल सरकार को पूर्ण स्वामित्व २० वटा संस्थानमा रहेको छ भने बाँकी २५ वटा संस्थानमा ५० प्रतिशतभन्दा बढी सरकारी लगानी रहेको छ ।

प्रतिवेदनअनुसार ३२ वटा संस्थानमा ९० प्रतिशत वा सोभन्दा बढी र ३६ वटा संस्थानमा ६० प्रतिशत वा सोभन्दा बढी सरकारी स्वामित्व कायम छ । सामाजिक, औद्योगिक, व्यापारिक, सेवा तथा जनोपयोगी क्षेत्रका विभिन्न संस्थानमा सरकारको पूर्ण वा बहुमत सेयर रहेको छ । तर वित्तीय क्षेत्रमा भने कुनै पनि संस्थानमा शतप्रतिशत सरकारी स्वामित्व छैन, यद्यपि राष्ट्रिय वाणिज्य बैंकमा ९९.९७ प्रतिशत सरकारी लगानी रहेको छ ।

सार्वजनिक संस्थानको चुक्ता पुँजी २.३८ प्रतिशतले बढेर ४ खर्ब ३७ अर्ब ८० करोड १२ लाख रुपैयाँ पुगेको छ । यस्तै, सरकारी स्वामित्व ०.२९ प्रतिशत बिन्दुले घटेर ९१.६८ प्रतिशत कायम भएको प्रतिवेदनमा उल्लेख छ ।





प्रतिकृया