• १९ असार २०८३, शुक्रबार
  • ४:५० बिहान

धान उत्पादन घट्दा जीडीपीमा कृषि क्षेत्रको योगदान खुम्चियो

प्रकाशित मिति

२०८३ जेष्ठ १३ गते, बुधबार ०३:०७

१३ जेठ २०८३ काठमाडौं – डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान घट्दै गएको देखिएको छ । सर्वेक्षणले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर १.५८ प्रतिशतमा सीमित रहने अनुमान गरेको छ ।

गत आर्थिक वर्ष यस्तो वृद्धिदर ३.०५ प्रतिशत रहेको थियो । धान रोप्ने समयमा परेको खडेरी र भित्र्याउने बेलामा भएको अत्यधिक वर्षाका कारण धान उत्पादनमा ४.१६ प्रतिशतले गिरावट आउने प्रक्षेपण गरिएको छ । यसले समग्र कृषि क्षेत्रको वृद्धिदरमा असर परेको सर्वेक्षणमा उल्लेख छ ।

Kamana Sewa

यद्यपि, गहुँ, मकै, कोदो, औद्योगिक बाली तथा पशुजन्य उत्पादनमा भएको वृद्धि र फलफूल तथा हिउँदे बाली उत्पादनमा सुधारले कृषि क्षेत्रलाई ऋणात्मक वृद्धिदरमा जानबाट जोगाएको जनाइएको छ ।

Classic Tech Desktop

चालु आवमा जीडीपीमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत रहने अनुमान गरिएको छ, जुन गत वर्षको २४.५ प्रतिशतभन्दा कम हो । अर्कोतर्फ गैरकृषि क्षेत्रको हिस्सा बढेर ७६ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

सर्वेक्षणअनुसार कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत देशभर २१ सुपरजोन, २०६ जोन, १ हजार ६९९ ब्लक र ९ हजार ३९३ पकेट क्षेत्र सञ्चालनमा रहेका छन् ।

यस्तै, कुल कृषियोग्य जमिनको ५४.६ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको तथा सिँचाइयोग्य जमिनको ६२.६ प्रतिशत भूभागमा सुविधा विस्तार भएको उल्लेख गरिएको छ ।

प्रतिकृया