• ४ साउन २०८३, सोमबार
  • ९:१७ बेलुका

संवैधानिक परिषद अध्यादेशविरुद्धको रिट विवाद संवैधानिक इजलासमा

प्रकाशित मिति

२०८३ जेष्ठ १३ गते, बुधबार ०३:०२

१३ जेठ २०८३ काठमाडौं – सर्वोच्च अदालत मा संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेको रिट दरपीठ विवाद संवैधानिक इजलासमा पुगेको छ ।विवादको सुनुवाइका लागि प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा सहित न्यायाधीशहरू मेघराज पोखरेल, हरिप्रसाद फुयाल, डा. नहकुल सुवेदी, विनोद शर्मा र महेश शर्मा पौडेल सम्मिलित संवैधानिक इजलास गठन गरिएको छ ।

यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासबाटै टुंगो लगाउन आदेश दिएको थियो ।

Kamana Sewa

अधिवक्ता गीता थापा ले अध्यादेश बदरको माग गर्दै रिट दायर गरेकी थिइन् । तर सर्वोच्च अदालत प्रशासनले उक्त रिट दरपीठ गरेपछि उनले पुनः रिट दर्ता गराएकी हुन् । अब रिट दर्ता हुने वा नहुने विषयमा संवैधानिक इजलासले निर्णय गर्नेछ ।

Classic Tech Desktop

रिटमा सरकारले संसद छल्ने उद्देश्यले संवैधानिक परिषद काम, कर्तव्य र अधिकारसम्बन्धी पहिलो संशोधन अध्यादेश–२०८३ ल्याएको तथा उक्त अध्यादेश संविधानविपरीत रहेको जिकिर गरिएको छ ।

प्रतिकृया