• ४ साउन २०८३, सोमबार
  • २:५४ बिहान

पूँजीगत खर्च अपेक्षाअनुसार बढेन, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान : अर्थमन्त्री वाग्ले

प्रकाशित मिति

२०८३ जेष्ठ १३ गते, बुधबार ०२:५३

डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पूँजीगत खर्च अपेक्षाअनुसार बढ्न नसकेको स्वीकार गरेका छन् ।बुधबार संसदमा आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले नेपालको आर्थिक वृद्धिदर चालु आवमा ३.८५ प्रतिशत रहने अनुमान प्रस्तुत गरे । उनले विश्व अर्थतन्त्रको विस्तार दर ३.१ प्रतिशतमा सीमित हुने प्रक्षेपणसमेत सुनाए ।

अर्थमन्त्रीका अनुसार नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्नेछ भने उपभोक्ता मुद्रास्फीति ६ प्रतिशतभन्दा माथि रहने अनुमान गरिएको छ । राजस्व संकलनमा सुधार देखिएको उल्लेख गर्दै उनले सर्वेक्षणले औंल्याएका विषय आगामी बजेटमार्फत सम्बोधन गरिने बताए ।

Kamana Sewa

उनले बागमती र गण्डकी प्रदेशबाहेक अन्य सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा कम रहने जानकारी पनि दिए ।आर्थिक सर्वेक्षणअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहनेछ । प्राथमिक, द्वितीय र सेवा क्षेत्रको योगदान क्रमशः २४.४६, १३.७३ र ६१.८१ प्रतिशत रहने उल्लेख गरिएको छ ।

Classic Tech Desktop

यस्तै, फागुनसम्म देशको विद्युत् उत्पादन क्षमता ४ हजार १०५ मेगावाट पुगेको तथा ९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको अर्थमन्त्री वाग्लेले जानकारी दिएका छन् ।

प्रतिकृया