• ४ साउन २०८३, सोमबार
  • १:३० बिहान

आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय सार्वजनिक

प्रकाशित मिति

२०८३ जेष्ठ ११ गते, सोमबार ०५:०६

११ जेठ २०८३ काठमाडौं – मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विभिन्न चार महत्वपूर्ण निर्णय गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

निर्णयअनुसार मोटो धानको प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको ३ हजार ८ सय ६० रुपैयाँ समर्थन मूल्य कायम गरिएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार नेपाल–चीन जोड्ने चिलिमे–केरुङ विद्युत प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Kamana Sewa

त्यसैगरी सहकारी क्षेत्रमा देखिएको बेथितिबारे जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरिएको छ भने नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया