• ४ साउन २०८३, सोमबार
  • २:१० बिहान

स्थानीय तहलाई डेङ्गी संक्रमणबारे सतर्कता अपनाउन सरकारको आग्रह

प्रकाशित मिति

२०८३ बैशाख २६ गते, शनिबार ११:४७

२६ बैशाख २०८३ काठमाडौं-  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा ले डेङ्गी संक्रमण देखिएका १३ स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाअन्तर्गत किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहाल का अनुसार ती स्थानीय तहमा डेङ्गी संक्रमण देखिएपछि सतर्कता अपनाउन पत्राचार गरिएको हो।

उनले पुस महिनायता देशभरका स्थानीय तहमा डेङ्गी संक्रमणको अवस्था अध्ययन भइरहेको जानकारी दिँदै केही स्थानमा संक्रमणको संख्या बढ्दो देखिएको बताए।

Kamana Sewa

महाशाखाका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका र कचनकवल गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका तथा ललितपुरको ललितपुर महानगरपालिका मा डेङ्गी संक्रमण देखिएको छ।

Classic Tech Desktop

पुसयता करिब ६ सय जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ। डा. दाहालका अनुसार अहिले भइरहेको अस्थायी वर्षाले डेङ्गी सार्ने लामखुट्टे फैलिने जोखिम भने कम रहेको छ।

उनले डेङ्गी सार्ने ‘एडिस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टे सफा र जमेको पानीमा फुल पार्ने भएकाले घर वरपर पानी जम्न नदिन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

प्रतिकृया