• ४ साउन २०८३, सोमबार
  • २:२२ बिहान

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला

प्रकाशित मिति

२०८३ बैशाख २३ गते, बुधबार ०९:२८

२३ बैशाख २०८३ काठमाडौं- टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीका अनुसार वैशाख २३ गतेदेखि सुरु भएको आवेदन प्रक्रिया वैशाख २८ गतेसम्म खुला रहनेछ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको हो। यसमध्ये १२ लाख कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ।

Kamana Sewa

यस्तै, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषका लागि र ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको २१ लाख १५ हजार ४५५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

Classic Tech Desktop

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया