• ३१ भदौ २०८३, बुधबार
  • २ः५७ दिउँसो

उद्योग वाणिज्य महासंघमा हालसम्म को–को भए विजयी ?

प्रकाशित मिति

२०८३ बैशाख २३ गते, बुधबार ०९:१७

२३ बैशाख २०८३ काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मत परिणाम आउनेक्रम जारी रहेको छ। हालसम्म सार्वजनिक मत परिणामअनुसार जिल्ला–नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन्। महिला सदस्यतर्फ गीता अमात्य र हीरा भट्टराई निर्वाचित भएका छन्।

National Life

अन्य सदस्यहरूमा अर्जुन कुमार श्रेष्ठ, उज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल रहेका छन्।

वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र शिवप्रसाद घिमिरे विजयी भएका छन्। वस्तुगत सदस्यतर्फ अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रवीन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे विजयी भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच, निराजन चौलागाईं, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बञ्जाडे ले समान ५०–५० मत प्राप्त गरेपछि आधा–आधा कार्यकाल सम्हाल्ने सहमति भएको छ।

भौगोलिकतर्फ कोशी प्रदेशबाट जीवन पराजुली र रमेश विक, मधेशबाट विकास कुमार सारडा र अमरनाथ शाह, बागमतीबाट सविन श्रेष्ठ र प्रकाश मानन्धर, गण्डकीबाट प्रविन्द्र कुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनीबाट यसप्रसाद भट्टराई र बालकृष्ण सुवेदी, कर्णालीबाट पदमबहादुर शाही र पुरिचन्द्र देवकोटा तथा सुदूरपश्चिमबाट पिताम्बर जोशी र पदमराज चौलागाईं विजयी भएका छन्।

एसोसिएट्सतर्फ पनि विभिन्न उम्मेदवार विजयी भएका छन्। महासंघको निर्वाचनमा कुल ७३ पदका लागि १३७ उम्मेदवार प्रतिस्पर्धामा थिए। विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन्। नयाँ कार्यसमितिले आगामी दिनमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ।

प्रतिकृया