• ४ साउन २०८३, सोमबार
  • १:५५ बिहान

सुधन गुरुङको प्रतिक्रिया : सरकारमा आउनुअघि कमाएको सम्पत्ति पाप होइन

प्रकाशित मिति

२०८२ चैत्र ३० गते, सोमबार ०२:००

३० चैत,२०८२ काठमाडौं – सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि आलोचना बढिरहेका बेला गृहमन्त्री सुधन गुरुङले आफ्नो धारणा सार्वजनिक गरेका छन्। सोमबार सामाजिक सञ्जाल इन्स्टग्राम मार्फत प्रतिक्रिया दिँदै उनले सरकारमा आउनुअघि इमान्दारीपूर्वक कमाएको सम्पत्ति ‘पाप’ नभएको बताएका हुन्।

उनले सरकारमा आएपछि भ्रष्टाचार गरेर सम्पत्ति आर्जन गर्नु भने ‘पाप’ हुने टिप्पणी गरेका छन्। विरोधीहरूलाई लक्षित गर्दै उनले लेखेका छन्, “तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो। चेतना भया!”

Kamana Sewa

मन्त्री गुरुङको उक्त अभिव्यक्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस भइरहेको छ।

Classic Tech Desktop

प्रतिकृया