• ४ साउन २०८३, सोमबार
  • ८:०५ बेलुका

गरिमा सुवर्ण योजनामा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ चैत्र ११ गते, बुधबार १०:३६

११ चैत,२०८२ काठमाडौं- गरिमा क्यापिटल ले निष्कासन गरेको खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलले फागुन २८ गतेदेखि उक्त योजनाको इकाई निष्कासन सुरु गरेको थियो।

कुल १ अर्ब रुपैयाँ बराबरको योजनामध्ये पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरका ५ करोड इकाई निष्कासन गरिएको हो।कुल निष्कासित इकाईमध्ये ९० लाख इकाई गरिमा विकास बैंक लाई कोष प्रवर्धकका रूपमा र ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल लाई छुट्याइएको छ। बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

Kamana Sewa

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक पनि गरिमा क्यापिटल नै रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट स्वीकृत ‘सी–आश्वा’ सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन्।

Classic Tech Desktop

प्रतिकृया