• १ असोज २०८३, बिहीबार
  • ७ः०४ बेलुका

ज्येष्ठ सांसद अर्जुननरसिंह केसी आज शपथ लिँदै

प्रकाशित मिति

२०८२ चैत्र ११ गते, बुधबार ०९:४६

११ चैत,२०८२ काठमाडौं- प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी आज सांसद पद तथा गोपनियताको शपथ लिँदैछन्। नेपाली कांग्रेस का नेता केसीले आज बिहान ११ बजे शीतल निवास मा राष्ट्रपति रामचन्द्र पौडेल बाट शपथ लिने कार्यक्रम रहेको छ।

National Life

समानुपातिक प्रणालीबाट सांसद बनेका केसीले राष्ट्रपतिबाट शपथ लिएपछि आगामी चैत १२ गते अन्य सांसदहरुलाई शपथ गराउनेछन्। सांसदहरुको शपथ सिंहदरबार मा हुनेछ, जसका लागि संसद सचिवालयले नयाँ संसद भवनको बहुउद्देश्यीय हल तयारी अवस्थामा राखेको जनाएको छ।

यसैबीच, चैत १२ गते सांसदहरुको शपथ सम्पन्न भएपछि चैत १३ गते नयाँ प्रधानमन्त्रीको शपथ गराउने तयारी गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिने तयारीमा छन्। उनको शपथ पनि शीतल निवासमै हुने बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

रास्वपाले बालेनलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने तयारी गरिसकेको छ, जससँगै नयाँ सरकार गठन प्रक्रिया तीव्र बनेको छ।

प्रतिकृया