• ३ साउन २०८३, आइतबार
  • ५:३६ बेलुका

काठमाडौँमा ग्यास अभावले उपभोक्ताहरूलाई समस्या,डिपोमा सर्वसाधारणको लाइन

प्रकाशित मिति

२०८२ फाल्गुन २८ गते, बिहीबार १२:०७

२८ फाल्गुन,२०८२ काठमाडौं-  मध्यपूर्व क्षेत्रमा बढ्दो युद्धको असर काठमाडौँ उपत्यकामा पनि देखिन थालेको छ। केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि सर्वसाधारणले कठिनाइ भोग्न थालेका छन्।

ग्यास अभावका कारण उपभोक्ताहरू बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यास वितरण केन्द्रमा लाइन बस्न बाध्य भएका छन्। बिहानैदेखि उपभोक्ताहरू सिलिन्डर बोकेर लामबद्ध देखिएका छन्।

Kamana Sewa

स्थानीय व्यवसायीहरूले भने, “यो अभावले दैनिक जीवनमा ठूलो प्रभाव पारिरहेको छ, र उपभोक्ताले समयमै ग्यास पाउन सक्ने सुनिश्चितता छैन।”

Classic Tech Desktop

ग्यास वितरण केन्द्रका कर्मचारीहरूले उपभोक्तालाई धैर्य राख्न अनुरोध गरेका छन् र आपूर्ति नियमित हुन समय लाग्ने बताएका छन्।

प्रतिकृया