• १८ असोज २०८३, आइतबार
  • १ः०० राती

इरानले सन् २०२६ को फिफा विश्वकपमा सहभागिता नगर्ने घोषणा

प्रकाशित मिति

२०८२ फाल्गुन २८ गते, बिहीबार ११:३२

२८ फाल्गुन,२०८२ काठमाडौं-  अमेरिकासँग बढ्दो तनावका कारण इरानले सन् २०२६ को फिफा विश्वकपमा सहभागिता नगर्ने जनाएको छ। इरानका खेलकुद मन्त्री अहमद दुन्यामालीले अमेरिकी आक्रमणमा देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरिएको आरोप लगाउँदै यस्तो परिस्थितिमा विश्वकपमा सहभागिता असम्भव भएको बताएका छन्।

National Life

उनका अनुसार हालको अवस्थामा नागरिक र खेलाडीको सुरक्षा सुनिश्चित नभएको छ भने युद्धका कारण हजारौँ इरानी नागरिक मारिएका छन्।

सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्। इरानको समूह चरणका खेल अमेरिकाका विभिन्न शहरमा निर्धारित गरिएको भए पनि, इरानी टोलीले हालको परिस्थितिमा सहभागिता गर्न नसक्ने महासंघका अध्यक्ष मेहदी ताजले बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यस घोषणाले विश्वकप समूह चरणको तयारीमा रहेका अन्य टोलीहरूमा समेत असर पार्ने अपेक्षा गरिएको छ।

प्रतिकृया