देशको समस्या एक्लै समाधान हुँदैन: गगन थापा
प्रकाशित मिति
२०८२ फाल्गुन १५ गते, शुक्रबार ०१:३१
१५ फाल्गुन,२०८२ बुटवल- नेपाली काँग्रेसका सभापति गगन थापाले देशका सबै समस्या एक्लै समाधान गर्न नसकिने बताएका छन्। बुटवलमा आयोजित पार्टीको चुनावी सभामा उनले व्यक्तिगत नेतृत्वमा निर्भर भएर देश अघि बढाउन नसकिने र यस्तो प्रवृत्तिले देशलाई दुर्घटनामा धकेल्न सक्ने चेतावनी दिए।
सभापति थापाले काँग्रेसले देश सम्हाल्ने मात्र नभई विकासको नयाँ युगमा लैजाने योजना रहेको बताए। उनले विकास केवल पूर्वाधार निर्माणमा सीमित नभई यसको जरा र प्रणालीसम्म पुग्नुपर्ने उल्लेख गर्दै समस्या समाधानका लागि प्रणालीगत र साझा नेतृत्व आवश्यक भएको बताए।

थापाले भने, “पाँच वर्ष देशले गति पक्दिन्छ, गुड्छ, कुद्छ, तर सुझबुझ बिना गति गर्दा दुर्घटना हुन सक्छ। हामी स्पीडमा लैजानेछौं तर सबैलाई समेटेर सन्तुलन मिलाएर अघि बढाउने छौं।”

सभापति थापाले नेता–कार्यकर्तालाई सामाजिक सञ्जालमा मात्र सीमित नहुने, घरघरमा गएर मतदातालाई काँग्रेसको बदलिएको दृष्टिकोण र योजनाबारे बुझाउन निर्देशन दिएका छन्।




प्रतिकृया