• ३ साउन २०८३, आइतबार
  • ३:३९ बेलुका

यस्तो छ आजको मौसम, कुन-कुन  प्रदेशमा आज पानी पर्न सक्ने ?

प्रकाशित मिति

२०८२ फाल्गुन १६ गते, शनिबार ०९:१२

१६ फाल्गुन,२०८२ काठमाडौं –  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहेको छ भने देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली छ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ।

Kamana Sewa

आज दिउँसो तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ। कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागसहित बाँकी हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा मौसम प्रायः सफा रहने पूर्वानुमान छ।

Classic Tech Desktop

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थान तथा अन्य प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा समेत मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति तराईका केही स्थानमा तुँवालो लाग्नेछ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने ती प्रदेशका पहाडी भू-भागसहित बाँकी हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

प्रतिकृया