• ४ साउन २०८३, सोमबार
  • १:२९ बिहान

ओलीद्वारा नेशनल युथ फोर्स गठनको दाबी, अब कुनै संरचना जल्न नपाउने

प्रकाशित मिति

२०८२ फाल्गुन ११ गते, सोमबार ०३:२९

११ फाल्गुन, २०८२  काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन गरेकाले अब देशका कुनै पनि सर्वोच्च संरचना जल्न नदिने दाबी गरेका छन्।

सोमबार झापा–५ मा आयोजित चुनावी सभामा सम्बोधन गर्दै ओलीले बताए, “देश जल्यो। एक मात्र कारण हामीले नेशनल युथ फोर्स बनाएका थियौं भने होइन। अब हामी कसैलाई पनि सिंहदरबार जलाउने छुट दिने छैनौं।”

Kamana Sewa

उक्त फोर्स शान्ति सुरक्षामा रखबारी गर्नका लागि गठन गरिएको र पार्टीका कार्यक्रम साकार पार्ने उद्देश्यले काम गर्ने ओलीले स्पष्ट पार्नु भयो। उनले जोड दिए, “यो फोर्स चुनावका लागि होइन, सधैंका लागि हो। देश पहिले भन्ने मन्त्रलाई अघि राखेर फोर्स अनुशासित ढंगले काम गर्छ।”

Classic Tech Desktop

अध्यक्ष ओलीका अनुसार राज्य संयन्त्रमा मात्र जनता भर पर्न नहुने भएकाले त्यसका लागि युथ फोर्सको गठन गरिएको हो।

प्रतिकृया