• ४ साउन २०८३, सोमबार
  • १:३६ बिहान

निर्वाचन सुरक्षाका लागि ३ हजारभन्दा बढी प्रहरी विभिन्न जिल्लातर्फ प्रस्थान

प्रकाशित मिति

२०८२ फाल्गुन १० गते, आईतवार ०४:०५

१० फाल्गुन, २०८२  काठमाडौं –  २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीका टोलीहरू विभिन्न जिल्लातर्फ प्रस्थान गर्न थालेका छन्। आइतबार महाराजगञ्जस्थित १ नम्बर गणबाट मोरङ, धनकुटा, उदयपुर, संखुवासभा, तेह्रथुम, सिरहा, पर्सा, सप्तरी, सर्लाही र रौतहटलगायत जिल्लामा खटिन प्रहरी टोली बिदाइ गरिएको हो।

निर्वाचन सुरक्षार्थ पहिलो चरणमा ३ हजारभन्दा बढी प्रहरी विभिन्न जिल्लामा परिचालन गरिएको जनाइएको छ।

Kamana Sewa

प्रतिकृया