• ३ साउन २०८३, आइतबार
  • ३:४२ बेलुका

यस्तो छ आज देशभरको मौसम

प्रकाशित मिति

२०८२ फाल्गुन ५ गते, मंगलवार ०८:५४

५ फाल्गुन, २०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। विभागका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका केही स्थानमा मध्यान्हसम्म हुस्सु/कुहिरो लाग्ने सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

Kamana Sewa

आज राति पनि तराईका थोरै स्थानमा तुँवालो रहनेछ। कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ। गण्डकी प्रदेशका उच्च भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

Classic Tech Desktop

प्रतिकृया