• १४ असोज २०८३, बुधबार
  • ३ः४२ राती

रास्वपाका नेता भरत खनाल नेकपा एमालेमा प्रवेश

प्रकाशित मिति

२०८२ फाल्गुन ४ गते, सोमबार ०४:१४

 ४ फाल्गुन, २०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा–५ क्षेत्रीय परिषद सदस्य भरत खनाल नेकपा (एमाले) मा प्रवेश गरेका छन्। उनलाई एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले पार्टीमा स्वागत गरेका हुन्।

National Life

पार्टी प्रवेशपछि खनालले राजनीतिक स्थायित्व र विकासका लागि एमालेको नीति तथा कार्यक्रम उपयुक्त ठानेर निर्णय गरेको बताएका छन्। उनले आगामी दिनमा संगठन सुदृढीकरण र जनताका मुद्दामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

एमाले नेताहरूले खनालको प्रवेशले झापा–५ मा पार्टी झनै मजबुत हुने विश्वास व्यक्त गरेका छन्। पछिल्लो समय उक्त क्षेत्रमा विभिन्न दलबाट एमालेमा प्रवेश गर्ने क्रम बढ्दो रहेको दाबी गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया