• ४ साउन २०८३, सोमबार
  • ९:४० बेलुका

होटल फरेस्ट इनको आईपीओमा ८ गुणाभन्दा बढी आवेदन

प्रकाशित मिति

२०८२ माघ २७ गते, मंगलवार १०:४७

२७ माघ,२०८२ काठमाडौं – होटल फरेस्ट इन लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा मागभन्दा झन्डै आठ गुणा बढी आवेदन परेको छ। कम्पनीले सय रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता शेयरका लागि आवेदन खुलाएकोमा अन्तिम दिनसम्म २५ लाख ४५ हजार ७३० जना लगानीकर्ताबाट २ करोड ८६ लाख ९३ हजार २६० कित्ता शेयरका लागि आवेदन परेको हो।

आईपीओमार्फत कुल २ अर्ब ८६ करोड ९३ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन संकलन भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ।

Kamana Sewa

धितोपत्र बोर्डको हरेक लगानीकर्तालाई न्यूनतम १० कित्ता शेयर दिने नीतिअनुसार ३ लाख ३२ हजार लगानीकर्ताले मात्र शेयर पाउनेछन्। बाँकी २२ लाख १३ हजार ७३० जनाको हात खाली रहनेछ।

Classic Tech Desktop

२ अर्ब रुपैयाँ जारी पूँजी रहेको कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत अर्थात ४० लाख कित्ता शेयर छुट्याएको छ। जसमध्ये १० प्रतिशत अर्थात ४ लाख कित्ता शेयर यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकिएको छ।

प्रतिकृया