• ४ असोज २०८३, आइतबार
  • ८ः४४ बिहान

खानेतेल र ग्यासमा कृत्रिम अभावको गुनासोपछि राजधानीमा बजार अनुगमन तीव्र

प्रकाशित मिति

२०८२ माघ २७ गते, मंगलवार ०९:३९

२७ माघ,२०८२ काठमाडौं – बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव देखिएको गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुगमन तथा निरीक्षणलाई तीव्र बनाएको छ।

National Life

विभागले उपभोक्तालाई अतिआवश्यक वस्तु सहज रूपमा उपलब्ध गराउन उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता तथा सेवाप्रदायक फर्म र प्रतिष्ठानहरूमा अन्य सक्षम निकायको सहकार्यमा संयुक्त बजार अनुगमन अघि बढाइएको जनाएको छ।

कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तालाई दुःख दिने र अनुचित लाभ लिन खोज्नेहरूलाई कारबाहीको दायरामा ल्याउने उद्देश्यले प्रभावकारी अनुगमन भइरहेको विभागको भनाइ छ। पछिल्ला दिनमा विशेषगरी खाना पकाउने ग्यासको अभाव देखाएर उपभोक्तालाई समस्या दिइएको उजुरी बढेको उल्लेख गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विभागले प्रचलित कानुनविपरीत कुनै पनि गतिविधि पाइए कडा कारबाही गरिने चेतावनी पनि दिएको छ। नेपाल आयल निगमले भने बजारमा ग्यासको आपूर्ति सहज रहेको दाबी गर्दै आएको छ, तर उपभोक्ताबाट पर्याप्त मात्रामा नपाइएको गुनासो आएपछि विभागले निगरानी बढाएको हो।

प्रतिकृया