• ४ साउन २०८३, सोमबार
  • १:२४ बिहान

फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ माघ ८ गते, बिहीबार ०९:१९

८ माघ,२०८२ काठमाडौं – होटल फरेष्ट इनले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले माघ ४ गतेदेखि आईपीओ निष्कासन गरेको हो।

आजसम्म मागअनुसार आवेदन नपरेको खण्डमा माघ १८ गतेसम्म आवेदन दिने समय थपिने कम्पनीले जनाएको छ।

Kamana Sewa

कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत बराबरको ४० करोड रुपैयाँका ४० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसमध्ये १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।

Classic Tech Desktop

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

आईपीओको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिकृया