• २ असोज २०८३, शुक्रबार
  • १२ः३१ राती

आज प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको नामावली सार्वजनिक हुँदै

प्रकाशित मिति

२०८२ माघ ८ गते, बिहीबार ०९:३०

८ माघ,२०८२ काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत आज उम्मेदवारको नामावली सार्वजनिक गरिने भएको छ। निर्वाचन आयोगका अनुसार बुधबार उम्मेदवारविरुद्ध परेका उजुरीमाथि छानबिनपछि आज बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ।

National Life

आयोगले दिएको तालिकाअनुसार माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।

मंगलबार भएको मनोनयन दर्तामा देशका १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको थियो। निर्वाचन आयोगका अनुसार तीमध्ये ३ हजार ८९ जना पुरुष, ३९६ जना महिला तथा १ जना अन्य रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया