• ४ साउन २०८३, सोमबार
  • २:१० बिहान

आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता

प्रकाशित मिति

२०८२ पुष २३ गते, बुधबार ०९:२२

२३ पुस,२०८२ काठमाडौं – आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रमअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ ।निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका तय गरिएको छ ।

आयोगका अनुसार पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । यस्तै, पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन पाउनेछन् भने सोही दिन दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

Kamana Sewa

पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचन माघ ११ गते सम्बन्धित मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

Classic Tech Desktop

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ । ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८–८ जना निर्वाचित हुनेछन् भने ३ जना राष्ट्रपतिबाट मनोनित हुने संवैधानिक व्यवस्था रहेको छ ।

प्रदेशबाट निर्वाचित हुने ८ सदस्यमा तीन जना महिला, एक जना दलित, एक जना अपाङ्गता भएका वा अल्पसंख्यक र तीन जना खुला समूहबाट निर्वाचित हुने व्यवस्था गरिएको छ ।

प्रतिकृया